२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ: सेमिफाइनल यात्राका लागि नेपाल श्रीलंकासँग भिड्दै



अ+ अ-

काठमाडौं । महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

लगातार दोस्रो जित निकाल्दै नेपालले सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ। आजको खेलमा नेपालले श्रीलंकासँग बराबरी खेले मात्रै पनि सेमिफाइनल पुग्नेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोलको नतिजामा पराजित गरेको थियो ।

श्रीलंका भने पहिलो खेलमा भुटानसँग ५-० को नतिजामा पराजित भएको थियो । त्यसैले श्रीलंकालाई सेमिफाइनलमा पुग्न फराकिलो जितको आवश्यकता रहेको छ ।

समूह ‘ए’ बाट भारत र बंगलादेशले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।