२४ जेष्ठ २०८३, आईतवार
,
Latest
‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ च्याम्पियनसीपः श्रीलंकालाई ६–० गोलले हराउँदै नेपाल सेमिफाइनलमा



file photo: anfa
अ+ अ-

काठमाडौँ । महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताम नेपालले लगातार दोस्रो जीत हात परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तर पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको हो । यसअघि नेपालले भुटानलाई पराजित गरेको थियोे । यो जीतसँगै नेपाल सेमिफाइनलमा पुगेको छ ।

नेपालको जीतमा सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाही एक/एक गोल गरे भने अमिशा कार्कीले दुई गोल गरिन् । सरुले खेलको १० मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११ मिनेटमा गोल गरिन् ।

अमृताले खेलको १७ मिनेटमा गोल गर्दा दिपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् । नेपालकी अर्की खेलाडी अमिशाले खेलको ७६ मिनेट र दोस्रो हाफको अतिरिक्त समयमा गोल गरिन् ।