२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

तामाङ र नेवारी भाषालाई कामकाजको भाषा बनाउने बागमती प्रदेशको तयारी



अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र बोलिने तामाङ र नेवारी भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन प्रक्रिया थालेको छ । यसका लागि सरकारले प्रदेशका प्रमुख सचिवको नेतृत्वमा एक समिति गठन गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिका सदस्यहरूमा सामाजिक विकास मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव एवं आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहनुभएको छ । समितिले अध्ययन गरेर उपलब्ध गराउने प्रतिवेदनका आधारमा आवश्यक ऐन आदि निर्माण गरेर कामकाजको भाषा लागू गरिने मन्त्री जम्कट्टेलले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशभित्र नेपाली भाषासहित नेवारी र तामाङ भाषालाई कामगाजको भाषा बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरकोे थियो । “यो हाम्रो पहिलेदेखिकै माग थियो, त्यसलाई कार्यान्वयनमा लान थालिएको हो”, उहाँले भन्नुभयो ।




भर्खरै