२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ– अध्यक्ष ओली



file
अ+ अ-

गण्डकी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेले चुनाव जित्नुपर्ने धारणा राख्नुभएको छ ।

आज पोखरामा सुरु भएको नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले भन्नुभयो “देश र जनताका साथै विकासका र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्छ ।”

अध्यक्ष ओलीले लोकतन्त्रलाई सही गन्तव्यमा डो¥याउन र संविधान कार्यान्वयन गर्नका लागि पनि एमालेले आगामी निर्वाचनमा एमालेको दरिलो उपस्थिति हुनुपर्ने औँल्याउनुभयो । उहाँले बहुदलीय परिपाटीमा हुने नियमित प्रक्रियाको चुनाव जस्तो नभएर आगामी चुनाव देशमा समृद्धि ल्याउन तथा संविधान कार्यान्वयन गर्न महत्वपूर्ण रहेको पनि बताउनुभयो ।

जनताले आत्मविश्वास गुमाउँदा देश अप्ठ्यारोमा पर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्तो स्थिति आउन दिन नहुने बताउनुभयो । उहाँले विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै पक्षलाई एकताबद्ध हुन आग्रह गर्नुभयो ।




भर्खरै