२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहमदाबादमा लिफ्ट खस्दा ७ मजदुरको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको अहमदाबादमा भवनको लिफ्ट खसेर ७ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार बिहान करिब ९ः३० बजे दुर्घटना भएको हो । जानकारीका अनुसार भवनको नवौं तल्लामा काम भइरहेको र कामदारले लिफ्टबाट सामान माथि लैजाँदै गरेका थिए । यसैबीच सातौं तल्लामा पुग्दा लिफ्ट बिग्रियो । लिफ्टमा जम्मा ८ जना मजदुर थिए ।

अहमदाबाद नगरपालिकाको स्थायी समितिका अध्यक्ष हितेश बारोटले दुर्घटनापछि निर्माणाधीन भवनमा सुरक्षा मापदण्डको ख्याल नगरिएको बताएका छन् । लिफ्ट जसबाट सामान मात्रमाथि पठाइन्छ तर, त्यसमा रहेका सामानसँगै मजदुर पनि माथि–माथि पठाउने काम भइरहेको छ । निर्माणाधीन भवनको मापदण्डअनुसार यो गलत रहेको छ । यसका लागि निर्माण स्थलको मालिकलाई जिम्मेवार मानिनेछ ।

दुर्घटनाग्रस्त भवन गुजरात विश्वविद्यालय नजिकै निर्माण भइरहेको छ । यसको नाम एस्पायर–२ रहेको छ । यहाँ खसेको लिफ्ट निर्माण सामग्री बोक्न प्रयोग गरिएको थियो । फलामको संरचनामा राखिएको यस्तो लिफ्टलाई एलिभेटर भनिन्छ ।