२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरलाई स्वरोजगार व्यापार श्रमिकले बुझायो ज्ञापनपत्र: २४ घण्टामा २ घण्टा गरिखाने वातावरण मिलाउन माग



अ+ अ-

काठमाडौं । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

बिहीवार फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ र बिरोध गर्दै महानगरपालिकालाई ज्ञापन पत्र बुझाएका हुन् । महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाउने भनेर समय माग गरेपनि मेयर साहले समय नदिएपछि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका छन् ।

व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मेयर साह आफ्नो अभियानमा भएको र फुटपाथ व्यवसायीहरूको मागलाई जस्ताको त्यस्तै मेयर साहलाई बुझाउने बताउनु भयो ।  अधिकारीले व्यवसायीहरुको जवाफ आफूले दिन नसक्ने बताउनु भयो ।

त्यस्तै, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ वागमती प्रदेश कमिटीका उपाध्यक्ष सनत ढकालले महानगरपालिकाले फुटपाथ व्यापारीहरुलाई गरेको अमानवीय व्यवहारको भत्र्सना गर्ने बताउनु भयो । उहाँले सडकमा व्यापार व्यवसाय गरेर आफैँ स्वरोजगार भएका नागरिकलाई सम्मान गर्नुपर्ने अवस्थामा महानगरले सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाउनु भयो । उहाँले स्थानीय सरकार सबै जनताको अभिभावक भएपनि सरकार लुटेरा जस्तो भएको भन्दै व्यवसायीहरुसँग सहकार्य गरेर काम गरे सहयोग गर्न तयार रहेको बताउनु भयो ।

त्यस्तै, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ वागमती प्रदेश कमिटी अध्यक्ष माया गुरुङले तीन दिन अगाडिदेखि समय माग गर्दा समेत मेयर साहले समय नदिएको बताउनु भयो । उहाँले फुटपाथ व्यवसायीहरुको रोजीरोटी खोसिएपछि न्यायाको लागि कहाँ जाने भन्दै प्रश्न गर्नुभयो । उहाँले व्यवसायीहरुलाई सडक पेटीमा व्यवसाय गर्ने ठाउँ नभएको थाहा भएको तर २४ घण्टामा २ घण्टा गरिखाने वातावरण मिलाउन माग गरेको बताउनु भयो । अध्यक्ष गुरुङले मेयर साहले १० औं हजार नागरिकले सडकमा रोइरहेको आवाज सुन्नुपर्ने बताउनु भयो ।

त्यस्तै,फुटपात व्यापारी रमा महतले १४ वर्षदेखि सुन्धाराको फुटपाथमा व्यापार गर्दै आएपनि अहिले महानगरले हटाएकाले दिनको ३ घण्टा व्यापार गर्नपाउनुपर्ने माग राख्न आन्दोलनमा आएको बताउनु भयो । निम्न आयस्रोत भएकाले गरिखान पाउनुपर्ने व्यवसायीहरुको माग रहेको छ । उहाँहरुले मेयर साहकोबिरुद्ध भन्दापनि फुटपाथ व्यवसाय गर्नको लागि विकल्प दिनुपर्ने माग रहेको बताएका छन् ।

कुनै विकल्प नदिई पूर्वसूचना बिना आफूहरूलाई हटाएर महानगरले दमन गरेको भन्दै व्यवसायीहरुले प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउन थालेपछि व्यवसायीहरूले महानगरबिरुद्ध आन्दोलन गरेका हुन् । काठमाडौं महानगरपालिकाले विधि र कानूनी प्रक्रिया विपरित निर्माण भएका संरचना हटाउने अभियान सञ्चालन गरिरहँदा सडकपेटी तथा गल्लीहरुमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको सामान कब्जा गर्ने, श्रमिकहरुलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको र विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने काम गरेको भन्दै महानगरबिरुद्ध प्रदर्शन गरेका हुन् ।