२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनको ह्याट्रिकमा टोटेनहमको सानदार जित, लेस्टरको पोस्टमा हान्यो आधा दर्जन गोल



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले सानदार जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा टोटेनहमले घरेलु मैदानमा लेस्टर सिटीविरुद्ध ६–२ गोलको जित निकालेको हो ।

टोटेनहमको जितमा सन हेउंग मिनले ह्याट्रिक गरे भने ह्यारी केन, एरिक डाएर र राड्रिगो बेन्टान्करले एक–एक गोल गरे । लेस्टरका योरी टिलेमान्स र जेम्स म्याडिसनले एक–एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा टिलेमान्सले पेनाल्टीमार्फत गोल गर्दै लेस्टरलाई सुरुवाती अग्रतम दिलाएका थिए । ८ औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई १–१ को बराबरीमा ल्याए ।

२१ औं मिनेटमा डाएरले गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता बनाए । ४१ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्टरलाई २–२ को बराबरी स्थितीमा ल्याए ।

पहिलो हाफमा बराबरीमा सकिएको खेल देस्रो हाफमा भने टोटेनहमले एकपक्ष बनायो । ४७ औं मिनेटमा बेन्टान्करले गोल गर्दै टोटेनहमलाई ३–२ को अबस्थामा लगे । यस्तै, सनले ७३,८४ र ८६ औं मिनेटमा ह्याट्रिक गर्दै टोटेनहमलाई जित दिलाए ।

जितसँगै ७ खेलबाट १७ अंक जोड्दै टोटेनहम तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टर १ अंकसहित तालिकाको पुछारमा रहेको छ ।