२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले तय गर्‍यो समानुपातिकतर्फका उम्मेदवारहरु



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकतर्फका उम्मेदवारहरु तय गरेको छ ।

आईतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले दुवै निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारहरुको नामावली टुंगो लगाएको हो ।

जस अनुसार प्रतिनिधिसभाका लागि ११० जनाको नामावली तय गरिएको छ भने प्रदेशसभाको पनि २२० जनाको नामावली तय गरिएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भन्नु भयो, ‘बैठकले आगामी मंसीर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा अन्तरगतको चालिस प्रतिशतले हुने समानुपातिकतर्फ हुने उम्मेदवारहरुको नामावली प्रस्ताव गरी पारित गरिएको छ ।

११० जनाको नाम प्रस्ताव हुँदाखेरी आदिवासी, जनजातितर्फ ३२ जना, खर्स आर्यतर्फ ३४ जना, त्यस्तै थारुतर्फ ७ जना, दलिततर्फ १५ जना । मधेशीतर्फ १७ जना, त्यसमध्ये ९ जना महिला र ८ जना पुरुष । र, मुस्लिमतर्फ ५ जना । ३ जना महिला र २ जना पुरुष । महिला ५७ जना हुने गरेर ११० समानुपातिकतर्फका उम्मेदवारहरुको नाम तय गरेको छौ हामीले । त्यस्तै प्रदेश नम्बर १ का लागि २० जना महिला नकटने गरी ३७ जनाको नाम लिष्ट तयार गरेका छौं ।

मधेश प्रदेशको लागि २३ जना महिला नघटने गरेर ४३ जनाको नामावली हामीले तयार गरेका छौं । त्यस्तै बागमती प्रदेशको लागि आदिवासी जनजातिहरुको २३ जना । १२ महिला र ११ पुरुष । त्यस्तै खसआर्य तर्फ १६ जना । महिला ८, पुरुष ८ । थारुतर्फ १ जना महिला दलिततर्फ ३ जना । २ महिला र १ पुरुष । मधेशीतर्फ १ जना महिला र मुस्लिमतर्फ । त्यस्तै गरेर गण्डकी प्रदेशका लागि आदिवासी, जनजातितर्फ २३ जना ।

१२ जना महिला, ११ जना पुरुष । खस आर्यतर्फ ९ जनामा ५ जना महिला र ४ जना पुरुष । त्यस्तै दलिततर्फ ४ जना । २ जना महिला र २ जना पुरुष । गण्डकी प्रदेशको २४ जनाको नामावली तयार भएको छ । त्यसमा महिला १३ जना रहने व्यवस्था गरिएको छ । त्यस्तै लुम्विनी प्रदेशको लागि आदिवासी, जनजातिको तर्फबाट ७ जना । ४ जना महिला, ३ जना पुरुष ।

खसआर्यतर्फ १७ जना । ९ जना महिला र ड जना पुरुष । थारुतर्फ ५ जना मध्ये ३ जना महिला र २ जना पुरुष । मधेशीमा ५ जना । ३ जना महिला र २ जना पुरुष । र, मुस्लिममा ३ जना मध्ये २ जना महिला र १ जना पुरुष गरेर महिला २० जना नघट्ने गरेर ३५ जना । तीन जना अल्पसंख्यक सहित रहनेगरी नामावली तयार परेका छौं । त्यस्तै गरेर कर्णाली प्रदेशका लागि आदिवासी, जनजातिको १ जना महिला ।

खसआर्यको तर्फबाट १० जनामध्ये ५ जना महिला, छ जना पुरुष । दलिततर्फ ४ जना मध्ये २ जना महिला, २ जना पुरुष । यसमा १६ जना मध्ये ५ जना पिछडिएको क्षेत्र समेत रहने गरेर बढिमा महिला ८ जना गरेर हामीले यो लिष्ट तयार गरेका छौं । र, सुदूरपश्चिम प्रदेशका लागि आदिवासी, जनजातिको १ जना महिला ।

खसआर्य तर्फबाट ६ जना महिला, ६ जना पुरुष । थारुतर्फ २ जना पुरुष, २ जना महिला । र, दलिततर्फ २ जना महिला र २ जना पुरुष । र, मधेशी १ जना महिला र मुस्लिम १ जना महिला गरेर २१ जनामा ३ जना पीछडिएको क्षेत्रसहित महिला ११ जना गरेर हामीले टोटल प्रदेशसभाका लागि २२० जनाको नाम लिष्ट तयार गरेका छौं । यो नामावली भोली निर्वाचन आयोगमा बुझाउँछौं ।’




भर्खरै