२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसका अवसरमा प्रदेश १ का मुख्यमन्त्री राईद्वारा वृक्षरोपण



अ+ अ-

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले वर्तमान संविधानबाट स्थापित लोकतान्त्रिक गणतन्त्र र सङ्घीय शासन प्रणालीका माध्यमबाट जनतालाई सुखी सम्पन्न बनाएको बताउनुभएको छ ।

मुख्यमन्त्री राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संविधान दिवसका उपलक्ष्यमा आज यहाँ आयोजित बृहत् वृक्षरोपण कार्यक्रममा संविधानका माध्यमबाट मुलुकलाई समृद्धि, शान्ति, सुव्यवस्था र सामाजिक न्यायमा समानता प्रदान गर्न मार्ग प्रशस्त गरेको बताउनुभयो ।

मुख्यमन्त्री राईले जननिर्वाचित शासन गर्ने मुलुकमा निर्वाचनको ठूलो महत्व हुन्छ भन्दै आगामी मङ्सिर ४ गते हुने चुनावलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा आन्तरिक मामिलामन्त्री केदार कार्की, प्रदेश कार्यालयअन्तर्गतका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल स्काउट, विभिन्न विद्यालयका विद्यार्थीले विराटनगर–धरान छ लेन सडकअन्तर्गतको रानीदेखि वरगाछीसम्म विभिन्न जातका बिरुवा रोपिएको थियो ।

जिल्ला वन कार्यालय मोरङद्वारा उपलव्ध गराईका अलेण्डर, करवीर र प्लुमेरिया जातका दुई हजार दुई सय ५० बिरुवा रोपिएको थियो ।