२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र महापुरुषको ‘बेमौसमी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र महापुरुषको ‘बेमौसमी’ बोलको गीत सार्वजनिक भएको छ ।

मंगलवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक भएको हो । गीतमा हरिवंश आचार्य र गौरी मल्ल, अरुण क्षेत्री र अञ्जना बराईलीको मुख्य अभिनय रहेको छ । कात्तिक ११ गते सार्वजनिक हुने चलचित्र महापुरुषको यो गीत एस।डी योगी र रेश्मा पुनको स्वर रहेको छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले अहिलेको समयमा एउटा मध्यम चलचित्र आउन जरुरी रहेको बताउनु भयो । उहाँले नेपालको बजारमा अहिले बीचको धारको चलचित्र आवश्यक रहेको भन्दै तरीय चलचित्रको धार र व्यापारिक चलचित्रको धारलाई जोडेर चलचित्र निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा उत्कृष्ट चलचित्र आउनुपर्ने जरुरी छ र केही चलचित्रहरु लाइनमा छन् । आशा गरौँ ती चलचित्रहरु पनि राम्रा चलचित्र बन्नेछन् । केही चलचित्रहरु आर्ट फिल्म्सको हिसावमा उत्कृष्ट चलचित्रहरु बनेका छन् र प्रदर्शन पनि भएका छन् । तर नेपालको बजारमा अहिले बीचको धारको चलचित्र आवश्यक छ कि जस्तो महशुस भइरहेको छ । बीचको भनेको स्तरीय चलचित्रको धार र व्यापारिक चलचित्रको धार छोड्नुहुँदैन । यी दुई चलचित्रको धारको आवश्यक परेको छ ।’

त्यस्तै निर्देशक प्रदीप भट्टराईले समाजको गम्भीर विषयवस्तुलाई उठाएर चलचित्र निर्माण गरिएको बताउनु भयो । उहाँले समाजमा वर्षौंदेखि जरो गाडेर बसेको मान्यताहरुलाई चलचित्रले भत्काउने प्रयास गरेको बताउनु भयो । गीतमा भने पिता र पुत्रको एकैपटक परेको प्रेमलाई देखाइएको र बाँकी कथा चलचित्रले भन्ने बताउनु भयो । त्यस्तै कलाकार राजाराम पौडेलले आफूले पनि वरिष्ठ कलाकारहरुसँग र नयाँ कलाकारसँग मिलेर काम गर्ने अवसर पाएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

भाईटीकाको भोलिपल्ट देशभर प्रदर्शन हुन लागेको चलचित्र महापुरुषको लेखन तथा निर्देशन प्रदीप भट्टराईले गरेका छन् । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, सिरु बिष्ट, कोपिला थापा, शिखा तामाङ, कविता श्रेष्ठ, नरेश पौडेल, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, अर्जुन आचार्य, सुमन रिमाल, सुमन बास्तोला, माधव अधिकारी, प्रकाश भट्टराई, घनु जोशी, प्रेम पाण्डे, सम्यकसिंह बानियाँ, भिभियाना थपलिया, जगदीश अधिकारी, जेबी रुवाली, प्रज्ज्वोल लुईंटेल लगायतका कलाकारको अभिनय रहेको छ ।

 




भर्खरै