२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापको सुरुवात



अ+ अ-

काठमाडौँ । अमेरिकाले युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापको सुरुवात गर्दै नेपालको निजी क्षेत्रमा यसको थालनी गरेको छ । एक करोड ९० लाख अमेरिकी डलरको यस पाँच वर्षीय लगानीले उच्च वृद्धि र रोजगारीको सम्भाव्यता भएका लक्षित क्षेत्रका नेपाली व्यवसायहरूको प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्नेछ ।

नेपाल र अमेरिकाबिचको ७५ वर्ष लामो मित्रतालाई थप उचाइ प्रदान गर्दै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सहकार्य गरी व्यवसायहरूलाई नयाँ व्यापार र लगानी अवसरहरूको सहजीकरण गर्न, बजारमा आधारित वित्तीय र गैर वित्तीय सेवाहरूमा उनीहरूको पहुँच बढाउन र उत्पादकता वृद्धि गर्न मद्दत गर्नेछ ।

“नेपालको निजी क्षेत्रमाथिको यस लगानीले रोजगारीका अवसरहरू सृजना गरी महिला, युवा र सीमान्तकृत समूहहरूको आय अभिवृद्धि गर्नेछ,” युएसएआईडी नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडले भन्नुभयो । वहाँले थप्नुभयो, “यो क्रियाकलाप नेपालको अर्थतन्त्र सुदृढ गर्न र नेपाली जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपाल र अमेरिकाबिच रहेको बृहत् सहकार्यको एउटा उदाहरण मात्र हो ।”

युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापले स्थानीय उत्पादन, पर्यटकीय अनुभव र विश्वको जुनसुकै ठाउँमा उपलब्ध गराउन सकिने डिजिटल सेवाजस्ता उच्च मूल्यका निर्यात बढाउने र विविधीकरण गर्ने नेपालको महत्त्वाकाङ्क्षालाई अगाडि लैजानेछ । निर्यातका यी क्षेत्रहरूले नेपालको अर्थतन्त्र बढ्दै जाँदा सीमान्तकृत समूहहरूको सहभागितालाई सहजीकरण गर्ने अझ उत्थानशील बजारहरूको सृजना गरी रोजगारी वृद्धि र आयआर्जनको गति तीव्र बनाउनेछन् ।

सहसचिव गोविन्दबहादुर कार्कीले मन्त्रालयसँग युएसएआईडीको साझेदारी र नेपालमा निरन्तर लगानीको प्रशंसा गर्नुभयो । कार्कीले अगाडि भन्नुभयो, ‘यस क्रियाकलापले व्यवसायहरूले प्रस्तुत गर्ने सेवाहरूको विविधीकरण गर्न र उनीहरूको उत्पादकत्वमा सुधार गर्दै उनीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउन ठुलो सहयोग प्रदान गर्नेछ भन्ने मलाई आशा छ।’

नेपाल कोभिड(१९ महामारीबाट पार पाउने र हाल जारी विश्वव्यापी खाद्य सङ्कटका स्थानीय प्रभावहरूलाई सम्बोधन गर्ने क्रममा रहँदै गर्दा, यस लगानीले समुद्रपारका बजारमा प्रतिस्पर्धा गर्ने निजी र सार्वजनिक क्षेत्रको क्षमतालाई टेवा पुर्‍याउनेछ र बाह्य आघातहरूको सामना गर्ने नेपालको क्षमतामा उत्थानशीलता थप गर्नेछ ।