२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन बंगलादेशबाट नेपालले के सिक्ने ?(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा भारतको दबाब तोडिएसँगै नयाँ राष्ट्र बंगलादेश नयाँ च्याम्पियन बन्यो । छैठौ पटक फाइनलमा उपाधिका लागि प्रतिष्पर्धा गरेको नेपाल पाँच पटक नै उपविजेतामा खुम्चिन बाध्य भयो ।

घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य यस संस्करण पनि नेपाललाई जुरेन । नयाँ शक्तिको रुपमा बंगलादेश उदाउँदा नेपालको स्तर कसरी नियाल्ने भन्ने जवाफ नयाँ च्याम्पियनले प्रस्टाएको छ । सँगै दक्षिण एशियामा अन्य मुलुकले फुटबल सुधारका गतिविधिलाई चलायमान गर्दा नेपाली टोलीमा अपेक्षा अनुसारको सुधारको संकेत देख्न कठिन भएको छ ।

घरेलु मैदानमा दोस्रोपटक अवसर पाएको नेपाली महिला टोलीलाई सोमवार साफ महिला फुटबलको उपाधि उचाल्ने सुनौलो मौका थियो । सधैको विजेता भारतमाथिको जितपछि उपाधि नजिक पुगेको नेपालले नयाँ प्रतिद्वन्द्वी बंगलादेशको सामना गर्नु थियो । टोली उ
च्च मनोबलमा पनि थियो । किनकी अघिल्ला संस्करणका भेटमा नतिजा नेपालमो पक्षमा थियो ।

बंगलादेशमाथि जितको अपेक्षासहित १६ हजार दर्शक अगाडि खेलेको नेपालले सो नतिजालाई फाइनलमा भने निरन्तरता दिन सकेन । बंगलादेशले समूह चरणका खेलबाट नै उदाउँदो शक्तिको संकेत दिएको थियो । तर नेपाली टोलीको अवस्थामा भने शंका गर्ने अनेकौ पाटा रहे । फाइनलमा पराजित भएपछि नेपाली टोलीकी कप्तान एन्जिाल तुम्बापो सुब्बाले अनुभवको कमीको कारण बताएकी थिइन् । आउँदा दिनमा नेपाली महिला टोली अझै माथि पु¥याउनका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता, घरेलु प्रतियोगितादेखि ग्रासरुट सम्मको योजना आवश्यक रहेको औंल्याइन् ।

कप्तान एन्जिालाले भनेजस्तै नेपाली महिला टोलीका लागि अनुभव लिने घरेलु प्रतियोगिता बिरलै मात्र हुन्छन् । नाम मात्रको राष्ट्रिय लिग आयोजना गर्ने अखिल नेपाल फुटबल संघले अन्य प्रतियोगिता आयोजना गर्न सकेको छैन । पुरुष प्रतियोगिता मोफसलमा आयोजना भएपनि महिला प्रतियोगिता हुँदैन भन्दा फरक पर्दैन ।

प्रतियोगिता आयोजना हुने भन्दा केही महिना अघि मात्र महिला खेलाडीलाई डाकेर बन्द प्रशिक्षणमा राख्ने एन्फाको पुरानै चलन हो । महिला फुटबल विकास भएको ४० वर्षको इतिहास भएपनि सुधारका लागि कुनै प्रयास भइरहेको छैन । अघिल्लो वर्ष बल्लतल्ल डबल लिग शुरुवात भएपनि विभागीय टोली बाहेक अन्य टोलीले प्रतिष्पर्धात्मक खेल देखाउन सकेनन् । फुटबल विश्लेषक सञ्जीव मिश्रले महिला फुटबलको विकास संस्थागत गर्न लागि घरेलु फुटबल लिग र प्रतियोगिता धेरैभन्दा धेरै आयोजना गर्नुपर्ने बताउँछन् ।

नेपाली टोलीमा अर्को समस्या भनेको प्रतियोगिता लक्षित गरेर प्रशिक्षक नियुक्त गरिनु पनि हो । केही महिना अगाडि मात्र प्रशिक्षक नियुक्त गर्दा अपेक्षा अनुसार नतिजा ननिस्किएको कतिपयको विश्लेषण छ । साथै दीर्घकालिन योजना नहुँदा महिला टोलीको मेहनत अपर्याप्त भएको हो ।

सोमवार नेपालबिरुद्ध बंगलादेशले निकालेको सफलता त्यसै हासिल गरेको होइन । उसले यसका लागि लामो समयदेखि मेहनत, लगानी, दीर्घकालिन योजना, आदिको उपज हुन् । जुन बंगलादेशले पायो । सन् २०१५ मा बंगलादेशले काठमाडौंमै सम्पन्न एएफसी यू–१४ महिला रिजनल च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यस प्रतियोगिताको लागि बंगलादेशले देशभरबाट प्रतिभा छनोट खेलाडी उत्पादनमा ध्यान दिँदै नयाँ खेलाडीलाई राष्ट्रिय जिम्मेवारमा लिएको थियो ।

यस बीचमा लाखौँ युवा खेलाडीहरू यसमा सहभागी भए र झन्डै एक वर्षको आवासीय प्रशिक्षणबाट उत्कृष्ट खेलाडी छनोट गर्दै फुटबल विकासको गति दिएको थियो । विभिन्न प्रतियोगितामा अनुभव संगाल्दै आएको बंगलादेशले सुखद् नतिजा दिन थालेको थियो । जुन नेपालले अनुशरण गर्नुपर्ने देखिएको छ । बंगलादेश उदय हुँदै गर्दा भारत पनि नेपाल भन्दा प्राविधिक हिसावमा बलियो छ ।

साफमा भारत प्रतिद्वन्द्वी भइरहेको अवस्थामा बंगलादेश उदाउनु अन्य मुलुकका लागि थप चुनौति बढेको हो । नेपालको स्तर बढाउनका फुटबल विश्लेषक सञ्जिव मिश्रले योजनावद्ध तरिकाले अगाडि बढ्नुपर्ने सुझाव दिए ।

बंगलादेशले जसरी फुटबलमा लगानी गरेको छ, सोही अनुसार नेपालमा पनि लगानी र ग्रासरुटबाट उकास्ने योजनाको आवश्यक छ । तर बिडम्बना नेपालको हालत ठीक विपरीत छ । फुटबलको अभिभावक संस्थामा कुर्चीका लागि प्रतिष्पर्धा भइरहँदा फुटबल विकासका नारा ओझेलमा परेको सबैमा सर्वविदितै छ । नयाँ शक्ति उदाउँदा एन्फा नेतृत्वलाई महिला फुटबलको विकासका लागि योजना सोच्नैपर्ने अवस्था टड्कारो भएको छ ।