२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट फेरि संविधान मिच्ने काम भयोः नेता यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत काम गरेको बताउनुभएको छ ।

आज हेटौँडामा जसपा मकवानपुरको कार्यक्रममा सहभागी हुन आउनुभएका नेता यादवले राष्ट्रपतिको कदमले मानवअधिकार खोसिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री र सरकारले पेश गरेको विधेयक अक्षरशः प्रमाणीकरण गर्ने राष्ट्रपतिले जनताको अधिकारसँग जोडिएको विषयमा राजनीतिक प्रतिशोध साँध्नु गलत भएको उहाँको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले संविधानलाई नै धरापमा पार्ने खेल खेलेको भन्दै यादवले आफ्नै देशका नागरिकको सन्तानलाई कहिलेसम्म अनागरिक बनाएर राख्न खोजेको भन्दै प्रश्न गर्नुभयो । उहाँले नागरिकता नदिनु भनेको मानवतावादी कानूनकोे उल्लङ्घन हो भन्नुभयो ।




भर्खरै