२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससका कार्यकारी सम्पादक बस्नेत सम्मानित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई ‘राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड–२०७९’ प्रदान गरिएको छ । सम्पादक बस्नेत विगत तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

राष्ट्रिय प्रेस क्लब, नेपालको ३८औँ वार्षिकोत्सवको अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्पादक बस्नेतसहित विभिन्न क्षेत्रमा योगदान गर्नुहुने ४२ जनालाई सम्मान गर्नुभयो । सम्मानित हुनेमा पूर्वमन्त्री, साहित्यकार तथा समाजसेवी भद्रकुमारी घले, गायक तथा सञ्चारकर्मी कृष्ण कँडेल, समाजसेवीद्वय पदम उप्रेती र लोकबहादुर टण्डन, सामाजिक अभियान्ता रामशरण न्यौपाने, व्यावसायीद्वय इ विनोद ढकाल र बेदुप्रसाद पाण्डे हुनुहुन्छ ।

सम्मानित व्यक्तित्व समाजसेवी उप्रेतीले मुलुकको व्यवस्था बदलिए पनि अवस्था जस्ताको जस्तै रहेको बताउँदै आर्थिक, सामाजिक विकाससँगै सुलुकको समग्र विकासको निम्ति सरकार, राजनीतिक दल र सम्बन्धित सबैमा आग्रह गर्नुभयो ।

मानवअधिकारको सम्मान गर्नुपर्छः पूर्वउपराष्ट्रपति

सोही अवसरमा पूर्वउपराष्ट्रपति झाले पूर्ण प्रेस स्वतन्त्रता कायम गर्दै मानवअधिकारको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । विशेष गरी विश्व शान्ति, प्रेस स्वतन्त्रता र मानवअधिकारको विषयमा छलफल गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “विश्व शान्ति, पूर्ण प्रेस स्वतन्त्रता र मानव अधिकारजस्ता विषयमा निरन्तर फोकस हुनुपर्छ, यी विषयलाई जनतासमक्ष पु¥याउनुपर्ने जरुरी छ ।”

काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यले सरकारले मुलुकको धार्मिक पर्यटनको विकानसमा जोड दिनुपर्ने धारणा राख्नुभयो । रासस