९ असार २०८३, मंगलवार
,
Latest
संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु ऊर्जा आयोजना अलपत्र



अ+ अ-

पर्वत । जिल्लाको एक विकट गाउँमा विद्युत्को माग पूरा गर्नका लागि करोडौँको लागतमा बनाइएको वायु ऊर्जा १५ वर्षदेखि अलपत्र बनेको छ । महाशिला गाउँपालिका–६ फलामखानीमा सञ्चालित हावाबाट बिजुली निकाल्ने प्रविधि (वायु ऊर्जा) मर्मतसम्भारको अभावमा अलपत्र बनेको हो । विसं २०६० मा स्थापना भई सञ्चालनमा आएको उक्त वायु ऊर्जा समय–समयमा मर्मतसम्भार अभावमा अलपत्र अवस्थामा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन त भएको छैन त्यहाँ जडित सामानसमेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयवासीले मर्मत गर्न माग गरेका छन् ।

दैनिकजसो बढ्दै गएको विद्युत्को मागलाई पूर्ति गर्नका लागि स्थानीय बासिन्दाले वायु ऊर्जा मर्मतका लागि माग गरेका हन् । विसं २०६३ मा सो केन्द्र नै बन्द भएको थियो । टिटीबिजी नामक संस्थाले रु एक करोडभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजान निर्माण गरेको थियो । तर संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि अयोजना अहिले अलपत्र अवस्थामा पुगेको स्थानीय शिक्षक गोविन्द विश्वकर्माले बताउनुभयो । केही उपकरण अझै पनि प्रयोग गर्न मिल्ने भएकाले सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाडाँमा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो । फलामखानी, भँगरालगायतका सयौँ घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । 

त्यत्तिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयवासीले आग्रह गरेका छन् । हावाको मापनसमेत गर्न सकिने उक्त डाँडामा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने जनाइएको छ । उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, सम्बन्धित पालिका तथा ऊर्जा मन्त्रालयलगायतसँग माग गरिएको छ । 

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक प्रतिवेदन अनुसार नेपालमा तीन हजार मेगावाट विद्युुत् हावाबाट उत्पादन गर्न सकिन्छ । उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो । वायु ऊर्जा आयोजना पुनःनिर्माण गर्न सकेमा फलमखानी करिब ४०० घरधुरी र छिमेकी वडा भँगरा र पाखापानीका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयवासीको भनाइ छ ।

महाशिला गाउँपालिकाले वायु ऊर्जा आयोजनालाई व्यवस्थापन गर्ने योजना बनाएको छ । यसका बारेमा अध्ययन गरी पुनः सञ्चालन गर्ने वा त्यहाँ भएका उपकरणहरूको व्यवस्थापनबारे निर्णय गरिने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो ।