२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी छः झलनाथ खनाल(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले भनेको समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको सामाजिक, आर्थिक रुपान्तरणलाई तीब्र बनाउने र देशमा भोगिरहेका समस्याको समाधान गर्दै स्वतन्त्रता, सार्वभौमिक सत्तालाई सदृढ गर्ने दायित्व रहेको बताउनु भयो । सम्मानित नेता खनालले स्व. थापाको जीवनीबाट देशको विकास कसरी गर्ने भन्नेकुरा सिक्न सकिने बताउनु भयो । उहाँले अहिले देशमा सम्भावना र चुनौती दुवै रहेकोले चुनौतीको समाधान गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सूर्यबहादुर थापाको जीवन नेपालीहरुले शिक्षा लिन योग्य जीवन हो । अहिलेको अवस्थामा हामी विगत पार गरेर आएका छौँ । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अवस्थामा आएका छौँ । विगतमा जसरी सम्भावना र चुनौतीहरु थिए । अहिले पनि सम्भावना र चुनौती दुवै छन् । चुनौतीहरुको सामना गर्नुपर्नेछ । हामीले यस्ता नेताहरुको जीवनीबाट कसरी यो देशलाई समृद्धितर्फ लैजाने भन्नेकुरा सिक्नुपर्छ । अबको अवस्थामा एउटा समृद्ध नेपाल निर्माण गर्ने उत्तरदायित्व हाम्रो सामु छ ।

त्यसलाई पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई सुदृढ गर्नुपर्छ । देशको सामाजिक, आर्थिक रुपान्तरणलाई तीब्र बनाउने, देशमा भोगिरहेका जतिपनि समस्या छन्, समाधान गर्ने, देशको स्वतन्त्रता, सार्वभौमिक सत्तालाई सदृढ गर्ने र आजको संविधानले भनेको जस्तो समृद्ध नेपाल, समाजवादी नेपाल निर्माण गर्ने दिशातर्फ अघि बढ्नुपर्ने आवश्यक्ता छ ।’

सम्मानित नेता खनालले स्व. थापाको जीवन नेपालीहरुका लागि शिक्षा लिन योग्य जीवन रहेको उल्लेख गर्नुभयो ।