२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिजाब नलगाएको भन्दै इरानी राष्ट्रपतिले अन्तरवार्ता दिन गरे अस्वीकार



अ+ अ-

न्यूयोर्क । हिजाबलाई लिएर इरानमा लडाइँ जारी छ । इरानमा महिलाहरुले प्रदर्शन गरिरहेका छन् । यसैबीच इरानका राष्ट्रपति इब्राहिम रायसीसँग सम्बन्धित एउटा चकित पार्ने खबर आएको छ ।

वास्तवमा इरानका राष्ट्रपति अहिले संयुक्त राष्ट्र महासभामा सहभागी हुन अमेरिकामा छन् । यसै क्रममा उनीसँग वरिष्ठ पत्रकार क्रिस्टिन अमनपुरसँग अन्तरवार्ताको प्रस्ताव गरिएको थियो । तर त्यसअघि उनले अनौठो शर्त राखे । रायसीले अमनपुरले हिजाब लगाएपछि मात्र अन्तरवार्ता दिने शर्त राखे ।

अमनपुरले उनको मागलाई ठाडै अस्वीकार गरेपछि उनको अन्तरवार्ता रद्द भयो। एङ्कर अमनपुरले अहिले यस विषयमा एकपछि अर्को गर्दै धेरै ट्विट गरेकी छिन् ।

रायसीको तर्फबाट यो माग यस्तो समयमा आएको हो जब उनी इरानमा नभई विदेशमा छन् र जहाँ हिजाबसँग सम्बन्धित कुनै प्रतिबन्ध छैन । इरानमा हिजाबलाई लिएर प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुरक्षा बलहरूबीच झडप भएको छ, जसमा अहिलेसम्म ३० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

क्रिस्टिन अमनपुर सीएनएनकी एङ्कर हुन्। उनले अमेरिकी टिभी च्यानल पीबीएसमा पनि कार्यक्रम गरेकी छन् ।

“बुधबार अन्तरवार्ताको तयारी भइरहेको बेला एक सहकर्मीले मलाई कपाल छोप्न आग्रह गरे । मैले नम्रतापूर्वक अस्वीकार गरेँ, हामी न्यूयोर्कमा छौँ, जहाँ हिजाब लगाउनु कुनै नियम वा चलन होइन”, उनले ट्विट गर्दै भनेकी छन्, “इरानमा हिजाबको विरोध तीव्र भएको छ । महसा अमिनीको मृत्युपछि त्यहाँका महिलाहरु सडकमा हिजाब बालिरहेका छन् । म यसबारे इरानका राष्ट्रपतिसँग अन्तरवार्ता लिन चाहेकी थिएँ ।”

अमनपुरले थप लेखेकी छन्, “अमेरिकी भूमिमा रायसीको यो पहिलो अन्तरवार्ता थियो । हप्तौँको योजनापछि सेटअप गर्न आठ घण्टा लाग्यो। बत्ती, क्यामेरा र अनुवादक तयार भए पनि राष्ट्रपति रायसी थिएनन् । अन्तरवार्ताअघि मेरो एकजना सहकर्मी आएर भने कि मोहरमको महिना भएकोले राष्ट्रपतिले टाउको छोप्न भनिरहनुभएको छ ।”

उनले थप लेखेकी छन्, “मैले स्पष्टरूपमा अस्वीकार गरेँ र भने कि आजभन्दा पहिले कुनै पनि इरानी राष्ट्रपतिले यस्तो माग गरेका थिएनन्। मेरो सहकर्मीले हिजाब नलगाए अन्तरवार्ता नै नहुने बताएको थियो । अन्ततः अन्तरवार्ता नै भएन । एजेन्सी