२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षकबाटै जानीबुझी संविधान मिच्ने काम भयो– प्रचण्ड (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको पालक र संरक्षकबाट जानीबुझी संविधान खुलेआम मिच्ने काम भएको बताउनुभएको छ ।

पार्टी निकट किसान महासंघको भेलामा उहाँले संविधान मिच्ने काम हजारौँको बलिदानबाट प्राप्त उपलब्धि खोस्ने र अपहरण गर्ने षड्यन्त्र भएको बताउनुभयो ।

उहाँले संविधान उल्ट्याउने पटकपटक जमर्को भइरहेको उल्लेख गर्दै अब यस्ता क्रियाकलापलाई किसान, सुकुम्बासी, जनतालाई अगाडि बढाएर शिक्षित गर्दै आन्दोलित गरेर परास्त गर्न सकिने बताउनुभयो ।

अहिले परिवर्तन पक्षधर र विरोधीबची पेचिलो संघर्ष चलिरहेको भन्दै अध्यक्ष प्रचण्डले पछिल्लोपटक टीआरसी विधेयक असफल पार्ने कसरत र नागरिकता विधेयक प्रमाणीकरण नगर्नुले त्यो देखाएको दाबी गर्नुभयो ।

“कुरा धेरै नै गहिरो छ । गत सालदेखिको प्रतिगमनको षड्यन्त्र नयाँनयाँ रूपमा फेरि अगाडि ल्याउने जमर्को भइरहेको छ । हामीले एकता गुमायौँ भने कुनै दिनमा प्रतिगमन हुने अझै खतरा छ”, उहाँले भन्नुभयो ।