२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री खाणद्वारा काभ्रेमा प्रहरी प्रतिष्ठान भवन शिलान्यास



अ+ अ-

बनेपा । गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ मा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन निर्माणका लागि आज भूमि पुजन गर्नुभयो ।

सन् २०१४ नोभेम्बर २५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले संयुक्तरुपमा परियोजनाको शिलान्यास गर्नुभएको थियो ।

करिब रु दश अर्ब बराबरको लागतमा निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरको सो प्रतिष्ठानमा प्रशासनिक तथा शैक्षिक भवन, खेलमैदान, स्वीमिङ पुललगायतका भौतिक संरचना निर्माण हुनेछन् । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको समिश्रणमा करिब छ सय ७२ रोपनी क्षेत्रफलमा फैलिने गरी प्रतिष्ठानका भवन र अरु संरचनाहरु निर्माण हुने जनाइएको छ ।

दिगो विकास मापदण्डअनुरुप निर्माण हुने सो परियोजना वातावरण एवं ऊर्जामैत्री हुनेछ । आधुनिक सेवा सुविधासहित निर्माण हुने संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्ने जनाइएको छ ।

भारत सरकारको अनुदानमा निर्माण हुन लागेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान भवनबाट नेपाल प्रहरीको भौतिक एवं वृत्ति विकासमा सहयोग पुग्ने धारणा गृहमन्त्री खाणले राख्नुभयो । यस प्रतिष्ठान भवनबाट प्रहरीमा दक्षता अभिवृद्धि हुने र समग्र प्रहरी सङ्गठनको क्षमता विकास र विस्तारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले पच्चीस वर्ष अगाडिदेखिको परियोजनालाई मूर्तरुप दिने काम सुरु भएकामा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको एक महत्वपूर्ण कोसेढुङ्गाका रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परियोजना अघि बढेको बताउनुभयो ।




भर्खरै