२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागपुर टी–२०ः भारतले अष्ट्रेलियालाई हरायो, सिरिज १–१ को बराबरीमा



अ+ अ-

एजेन्सी । दोस्रो टी–२० क्रिकेटमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । नागपुरमा गएराति भएको खेलमा भारतको यो जितसँगै सिरिज पनि १–१ को बराबरीमा पुगेको छ ।

तीन खेलको टी–२० सिरिजको निर्णायक सेप्टेम्बर २५ मा हैदरावादमा हुनेछ । भिजेको मैदानका कारण दुई घण्टा ४५ मिनेट ढिलो टस भएको खेललाई पावरप्ले दुई ओभरको झारिएको थियो भने एक बलरले दुई ओभर मात्रै बलिङ गर्नु पर्ने थियो ।

भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले आठ ओभरमा पाँच विकेट गुमाएर ९० रन बनाएको थियो । म्याथ्यु वेडले २० बलमा ४३ रनको अविजित इनिङ्स खेले । यस्तै, आरोन फिन्चले १५ बलमा ३१ रन बनाए । भारतका अक्षर पटेलले दुई विकेट लिए ।

जवाफमा भारतले ७.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पछ्यायो । कप्तान रोहित शर्माले २० बलमा ४६ रनको अविजित इनिङ खेले । यस्तै, दिनेश कार्तिकले आठौं ओभरमा छक्का र चौका प्रहार गर्दै खेल समाप्त गरे ।

भारतले पाँच वर्षपछि घरेलु मैदानमा अष्ट्रेलियालाई टी–२० खेलमा पराजित गरेको छ । पछिल्लो पटक भारतले सन् २०१७ मा अष्ट्रेलियालाई टी–२० खेलमा पराजित गरेको थियो । यसपछि अष्ट्रेलियाले २०१९ मा विशाखापट्टनम र बैंगलोरमा भएको दुई खेलको सिरिज २–० ले जितेको थियो । यस्तै, मोहालीमा भएको खेलमा अस्ट्रेलियाको टोली विजयी भएको थियो ।