२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछामका बाढीपहिरो पीडितलाई भिसिएनको सहयोग



अ+ अ-

काठमाडौं ।अछामका बाढीपहिरो पीडितलाई भोलेन्टर क्रप्स नेपाल (भिसिएन) ले राहत सामग्री उपलब्ध गराएको छ ।

बाढीपहिरो पीडित करिब ५० परिबारलाई सोर्स एक्सन हङकङ चाईनाको आर्थिक सहयोगमा  भिसिएनले राहत सामग्री उपलब्ध गराएको हो । बाढीपहिरो पीडितलाई स्वच्छता किटसहित खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरिएको भिसिएनकी उपाध्यक्ष राधा मताङ्गीले जानकारी दिनुभयो । बाढी पहिरो गएलगत्तै प्रभाबित क्षेत्रमा पुगी सहयोग सामग्री उपलब्ध गराएको हो ।

संस्थाका अध्यक्ष दिपक चापागाईका अनुसार तुर्माखण्ड र ढकारी गाउँपालिकामा ५० घरपरिवारको लागी राहत वितरणको लागी आबश्यक सामग्री पठाईएको छ ।

भिसिएनले दाल,चामल,भाडाकुडा,कम्बल,साबुन,बाल्टी,जग,सोलार बत्ती,ब्रस,त्रिपाल,नुन तेल लगायतका सामग्री सहयोग गरेको हो ।

असोज १ गते गएको पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरो गएको थियो । पहिरोमा परी ११ जना घाइते भएका थिए ।