२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी प्रदेशमा वर्षा भइरहेको छ



अ+ अ-

काठमाडौँ । मनसुन न्यूनचापीय प्रणालीको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण बदली र लुम्बिनी प्रदेशका पश्चिमी भेगमा सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

राजधानी काठमाडौँ उपत्यकामा अपराह्नतिर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । उहाँले मनसुन जारी रहेकाले अझै केही दिन वर्षाको सम्भावना रहेको उल्लेख गर्नुभयो ।

महाशाखाले जारी गरेको मनसुन बुलेटिनमा हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ । भारतको उत्तर–पूर्वी राजस्थानमा न्यूनचापीय क्षेत्र अवस्थित रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले आज लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।