२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिद्यार्थीलाई दशैँको महत्वबारे व्यावहारिक ज्ञान, संस्कार संस्कृतिमा रमाए -फोटो फिचर



अ+ अ-

काठमाडौं । बडादशैँ पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु भएको छ ।

दशैँलाई बडा दशैँ, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले जानिन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।

यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड पनि हो। त्यसमा पनि विजयादशमी मुख्य दिन हो ।

काठमाडौँको द एक्सेल्सियर स्कूलले विद्यार्थीहरुलाई दशैँ मनाउने विधिबारे व्यावहारिकरुपमै ज्ञान दिएको छ । विद्यार्थीहरुमा दशैँको महत्वबारे जानकारी दिन पनि व्यावहारिक ज्ञान दिएको स्कुलले बताएको छ ।

सो क्रममा विद्यार्थीहरुलाई बडा दशैँको पहिलो दिन घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गर्ने विधि सिकाइएको थियो ।

स्कुलले जमरा राख्ने, साथै पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गराइएको थियो । यसक्रममा विद्यार्थीहरुलाई भगवती दुर्गा र बटुक बनाएर नवरात्रभर गरिने दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गराइएको थियो ।

फूलपाती अर्थात महासप्तमीका दिन गरिने बिधि देखी महाअष्टमीमा मार हान्ने विधिअन्तर्गत स्कुलले कुभिण्डो मार हानेर प्रदर्शन गरिएको थियो । विद्यार्थीहरुले दुर्गा देवीले कसरी दैत्यहरु शुम्भ र निशुम्भको बध गरेकी थिइन् भनेर नाटकमार्फत प्रदर्शन गरेर देखाएका थिए ।

अहिले सामाजिक सञ्जालमा रमाइरहने विद्यार्थीहरुलाई दशैँजस्तो चाडपर्वको मौलिकता कसरी कायम गर्न सकिन्छ र कसरी रमाइलो गरी दशैँ मनाउन सकिन्छ भन्ने उद्देश्यले व्यावहारिक ज्ञान दिइएको स्कूलले बताएको छ ।

आफ्नो धर्म, कला र संस्कृतिबारे विद्यार्थीलाई रुचि जगाउन पनि यस्ता व्यावहारिक ज्ञान विद्यार्थीहरुलाई दिनुपर्ने विद्यालयका प्रधानाध्यापक प्रशान्त रजकले बताउनुभयो ।