२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्ष समूहबीच भोलि एकता हुने



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच एकता हुने भएको छ ।

राप्रपा र रविन्द्र मिश्र समूहबीच भोलि बुधबार काठमाडौँमा एकता घोषणा सभा हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । मिश्र राप्रपाको सहअध्यक्ष हुने बताइएको छ ।

यसअघि विवेकशील साझा पार्टीमा रहेका मिश्रले ‘विचार माथि देश’ दस्तावेजका कारण विवादित बनेका थिए । सोही कारण पार्टी नै दुई समूहमा विभाजित भएको थियो ।

उक्त अभियान चलाइरहेका मिश्रको एजेण्डा राप्रपासँग मिलेपछि राजेन्द्र लिङ्देन र उनीबीच पार्टी एकतामा सहमति बनेको हो ।