२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोइराला पक्षले भ्रम छरेको संस्थापन पक्षको आरोप



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य डा शेखर कोइराला पक्षले पार्टीभित्र भ्रम छरेको बताएको छ । पार्टीभित्र उत्पन्न गरेको सो पक्षको भ्रमलाई चिर्न मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा प्रवक्ता डा प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लाग्नुभएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै शेखर पक्षले विरोध गर्दै आएको छ ।

विद्रोही पक्षले समानुपातिक सूचीमा नाम सच्याउन माग गर्दै सूचीमा आफ्नो पक्षलाई ४० प्रतिशत सिट दिनुपर्ने अडान राखेको छ । पार्टी संस्थापन पक्षले आफूहरुको मागलाई बेवास्ता गरिरहे र समानुपातिक सूची नसच्याए असोज १४ गतेदेखि पार्टी नेतृत्वप्रति कठोर निर्णय लिने सो पक्षले जनाएको छ ।

कोइराला पक्षले शुक्रबारदेखि सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन खबदारी भेला गर्दै आएको छ । सो पक्षले निर्वाचनको मुखमा पार्टीभित्र बखेडा झिकेकाले पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।

पार्टी प्रवक्ता महतले समानुपातिकको बन्दसूचमिा कुनै पनि नेताको ‘नोट अफ डिसेन्ट’ नभएको बताउनुभयो । उहाँका अनुसार पार्टीभित्र सर्वसम्मत निर्णय भएको जानकार दिनुभयो । सो निर्णयप्रति कोइराला पक्षले भ्रम छर्ने प्रयास गरिरहेकाले सो भ्रम चिर्न पत्रकार सम्मेलन गर्न लागिएको हो ।




भर्खरै