२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा ट्राफिक सक्रियता: मदिरा पिउने चालक कारबाहीमा



file
अ+ अ-

बलेवा । दसैँका बेला मदिरा पिएर सवारी साधन चलाइरहनुभएको छ भने बेलैमा होस गर्नुहोला ठाउँ ठाउँमा प्रहरीले जाँच गरिरहेको हुनसक्छ । समय समयमा सवारी साधनमा हुने भीडभाड, सडकमा हुने भीडभाड र असावधानीका कारण हुने दुर्घटना कम गर्न जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको छ ।

अहिले जिल्लाका विभिन्न ठाउँमा नागरीक सहायता कक्ष स्थापना गरेर प्रहरी थप सक्रिय भएको हो । सदरमुकाम बागलुङ बजार, गलकोट, कुश्मीशेरा, बुर्तिबाङ, खर्वाङलगायत जिल्लाका ६ ठाउँमा ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

बाइस ट्राफिक प्रहरी र नेपाल प्रहरीले २४ घण्टा सहयता कक्षबाट नागरिकका गुनासा सुन्ने र सवारी साधनको निगरानी गर्ने भएका छन् । चाडपर्वका बेला सवारी साधनको दुर्घटना न्यूनीकरण योजना २०७९ अन्तर्गत उनीहरुलाई परिचालित गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार उनीहरुलाई जिल्लाका विभिन्न ठाउँमा स्थायीरुपले केही ठाउँमा मादकपदार्थ सेवन गरे÷नगरेको जाँच गर्न, केही युनिटलाई नियमित चेकिङ, मोबाइल गस्ती, सहायता कक्ष, विपद् उद्धार, राजमार्ग गस्तीलगायत जिम्मेवारी दिइएको छ ।

मादक पदार्थ सेवनको परीक्षण, नागरिकको गुनासो आए तत्काल समाधान, दुर्घटनमा तत्काल उद्धार, चोरी, झैझगडा र सवारी साधनले गर्ने यात्रु तानातान कम गर्न समेत प्रहरी सक्रिय हुने उहाँले बताउनुभयो । ‘‘अन्य समयभन्दा चाडपर्वको समयमा दुर्घटनाको सम्भावना धेरै हुन्छ’’ प्रहरी प्रमुख केसीले भन्नुभयो,‘‘यात्रु तानातान गरेर झै–झगडा गर्ने, गति सीमित नहुने हुँदा दुर्घटना बढ्ने भएकाले प्रहरीले सक्रियता बढाएको हो ।”