२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकियो गज्र्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माणको काम



अ+ अ-

काठमाडौँ । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको गज्र्याङ–खिम्ती प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ ।

रामेछाप ९गज्र्याङ०–नयाँ खिम्ती कुल एक सय ३२ किलोभोल्ट (केभी) डबल सर्किट क्षमताको हो । रामेछापको गोकुलगङ्गा गाउँपालिकाको गज्र्याङबाट सुरु भई दोलखाको तामाकोसी गाउँपालिका हुँदै रामेछापकै मन्थली नगरपालिका–१३ स्थित साँखे ९फुलासी० स्थित नयाँ खिम्ती सबस्टेशनमा टुङ्गिने प्रसारण लाइनको लम्बाइ ३१ किलोमिटर छ । प्रसारण लाइनका लागि एक सय पाँचवटा टावर निर्माण गरिएका छन् ।

आयोजनाअन्तर्गत गज्र्याङमा एक सय ३२ केभीको नयाँ सबस्टेशन र नयाँ खिम्ती सबस्टेशनमा एक सय ३२ केभीको वे निर्माण गरिएको छ । गज्र्याङ सबस्टेशनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी ६/८ एमभिए क्षमताका थ्री फेज पावर ट्रान्सफर्मर जडान गरिएको छ । गज्र्याङ सबस्टेशनबाटै स्थानीयरूपमा विद्युत् दिइने भएकाले त्यस क्षेत्रको विद्युत् आपूर्ति पनि भरपर्दो र गुणस्तरीय हुने छ ।

प्रसारण लाइन र सबस्टेशन निर्माण सम्पन्न भएपछि करिब दुई सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार बनेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

“स्थानीयको अवरोधलगायतका कारणले समस्यामा परेको प्रसारण लाइनको निर्माण सम्पन्न गरी परीक्षण भइरहेको छ, अब केही दिनमै सञ्चालन ९चार्ज०मा ल्याउन परीक्षणका कामहरू भइरहेका छन्”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

हाल कुल १२ मेगावाटको उपल्लो खिम्ती र सात मेगावाटको उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् वैकल्पिक व्यवस्था गरी जोडिएको छ । अब ती आयोजनाको विद्युत गज्र्याङ– खिम्ती प्रसारण लाइनमा जोडिन्छ । प्रसारण पूर्वाधारको अभावमा विद्युत् खेर जाने अवस्थाको अन्त्य भएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

स्थानीयको अवरोधका कारण गज्र्याङ–खिम्ती निर्माणमा केही ढिला हुने देखिएपछि गत वैशाख १५ गतेदेखि वैकल्पिक व्यवस्थामार्फत उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् गज्र्याङ सबस्टेशनबाट ३३ केभी प्रसारण लाइनमार्फत जिरी सबस्टेशनमा जोडिएको छ । जिरी सबस्टेशनबाट चरिकोटस्थित मकैबारी सबस्टेशन हुँदै सिङ्गटी सबस्टेशनमार्फत विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ ।

गज्र्याङ–खिम्ती प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले शतप्रतिशत मुआब्जाको माग गर्दै निर्माणमा रामेछापको गोकुलगङ्गा गाउँपालिकास्थित ठोसे, धारापानी, बेताली, नाममाडी र दोलखाको तामाकोसी गाउँपालिकाको सहरे क्षेत्रमा निर्माणमा अवरोध गरेका थिए । केही स्थानमा मार्गधिकारमै नपर्ने जग्गा तथा घरधनीले मुआब्जा तथा क्षतिपूर्तिको माग गर्दै प्रसारण लाइनको तार तान्न दिएका थिएनन् ।

स्थानीयसँगको छलफल, स्थानीय तह तथा प्रशासन, प्राधिकरणको उच्च व्यवस्थापन लगायतको निरन्तर पहल, प्रयास र सहयोगमा प्रसारण लाइन निर्माणमा रहेको अवरोध हटाइएको आयोजना प्रमुख अनुप गौतले जानकारी दिनुभयो ।

आयोजना प्रारम्भिक काम आर्थिक वर्ष २०६७ /६८ देखि सुरु भएको थियो भने निर्माण लागि पिङगाओ ग्रुप कम्पनी, चीनसँग माघ २०७३ मा ठेक्का सम्झौता भएको थियो । उपल्लो खिम्ती र उपल्लो खिम्ती दोस्रो आयोजनाका प्रवद्र्धक हिमालय ऊर्जा विकास कम्पनीका प्रवद्र्धक सम्बद्ध फ्रेण्डसीप इञ्जीनियरिङले सब कन्ट्रयाकमा काम लिएको थियो । कोभिड–१९को महामारी, समयमा निर्माण उपकरण आयोजनास्थलमा ल्याउन समस्या र स्थानीयको अवरोधका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो ।

अनुमानित लागत दुई करोड अमेरिकी डलर रहेको आयोजना नेपाल सरकारको लगानीमा निर्माण भएको हो । आयोजनाअन्तर्गत नयाँ खिम्ती सबस्टेशनमा दुई सय २०/ एक सय ३२/३३, दुई सय एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडान गरिने छ ।

नयाँ खिम्ती सबस्टेशनको क्षमता अपुग हुने भएकाले क्षमता विस्तार गर्न लागिएको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको दुई सय २० केभी सबस्टेशनमा अहिले एक सय एमभिएको पावर ट्रान्सफर्मर रहेको छ ।