२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन ४३ सवारीसाधन कारबाहीमा



अ+ अ-

दैलेख । दसैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ । आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन् ।

दसैँका बेलामा सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारी चालकहरूलाई यात्रुलाई अनावश्यक हैरानी नदिन, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, चालक, सहचालक र यात्रुलाईसमेत प्रहरी टोलीले सतर्क गराएको छ ।

प्रहरी प्रमुखसहित आठ जनाको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गरेको थियो भने माथिल्लो डुङ्गेश्वर, तल्लो डुङ्गेश्वर, दैलेख, सुर्खेत सडकखण्डको जिरो प्वाइन्ट दुल्लु, राकम कर्णाली राजमार्ग, रानीमत्ता, पाल्तडाका बिभिन्न मातहतका प्रहरी चौकीमार्फत जिल्लाभर सवारी जाँच गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताउनुभयो ।

यस्तै दसैँ नजिकिएसँगै देश–विदेशबाट जिल्ला फर्कने क्रम बढिरहेको छ । दैलेख जिल्लाको समग्र लगेको छ। जिल्लाको आठबिस नगरपालिका, गुराँस, प्रहरी चौकी तल्लो डङ्गेश्वर, प्रहरी चौकी बेस्तडा नारायण नगरपालिकालगायत १० स्थानमा यात्रु सहायता केन्द्र स्थापना गरिएको छ ।

यात्रुहरुका समस्या समाधानसँगै चाडबाडका बेलामा आइपर्ने अन्य समस्या समाधानका लागि यात्रुकक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।




भर्खरै