२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुल गिरी र एलिना चौहानको स्वरमा ‘कुरी कुरी माकुरी’ सार्वजनिक



अ+ अ-

काठमाडौं । ‘कुरी कुरी माकुरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी कुरी माकुरी’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ । गीतमा लक्ष्मण पौडेलको शब्द, संगीत रहेको छ भने, गायक बाबुल गिरीकै एरेन्ज रहेको छ ।

गायक गिरीका यस अघि हारले निखार ल्याउँछ मेरो जिन्दगी, नाचन बाटुली, नेपाल गए कपल संगै, च्वाक मिलाइदेउ, मायाले संसार चल्दैन पैसा नभए लगाएत थुपरै गीतहरु सार्ववनिक भै सकेका छन् ।

यो गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । उनले भिडियोलाई राम्रो बनाएका छन् । भिडियोमा किरण केसी, रेजिना उप्रेती, सुधीर श्रेष्ठ, रुबी पौडेलको अभिनय रहको छ ।

मोडल रुबी पौडेलले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो रहेको छ । जसमा उनले चर्चित कलाकारसँग स्क्रीन सेयर गर्न पाएकी छिन् । पौडेलले आफ्नो पहिलो भिडियोबाटै अभिनयमा राम्रो सम्भावना देखाएकी छिन् ।

माइकलले डान्सिङ शैलीमा यो भिडियोलाई तयार पारेका छन् । निर्देशक चन्दले पछिल्लो समय निर्देशन गरेका एकपछि अर्को भिडियोले तारिफ पाइरहेका छन् । त्यसैले यस भिडियोमा पनि निकै मिहिनेतका साथ आफूले बनाएको र राम्रो प्रतिक्रिया आएको उनको कथन छ ।

यस गीतमा बाराही म्युजिक एन्ड इन्टरटेनमेन्ट इन्कले निर्माण गरेको यो भिडियोमा माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन तथा कलरिङ गरेका छन् । भिडियो सार्वजनिक भएसँगै दर्शकले निकै रुचाएका छन् ।