२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक सूची सच्याउन शेखर समूहले दियो देउवालाई साँझ ५ बजेसम्मको अल्टिमेटम



file
अ+ अ-

काठमाडौँ । नेपाली कांगेसको शेखर कोइराला नेतृत्वको समूहले सभापति शेर बहादुर देउवालाई समानुपातिक र प्रत्यक्षतर्फको टिकट वितरणको सूची सच्याउन आज साँझसम्मको समय दिएको छ ।

टिकट वितरणमा समान न्याय तथा ४० प्रतिशत भाग पाउनुपर्ने मागसहित संघर्षमा उत्रिएको सो समूहको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरेले आज साँझ ५ बजेसम्म पार्टी नेतृत्वलाई समानुपाकि सूची सच्याउने समय दिइएको बताएका छन् ।

समान न्याय नभएमा देशब्यापी विद्रोह गर्ने चेतावनी समेत सो समूहले दिइसकेको छ । शेखर समूहले ४० प्रतिशत माग्दा देउवा भने ३० प्रतिशत मात्र दिन तयार भएका छन् ।

घिमिरेले ट्वीटरमा भनेका छन्– ‘नेपाली कांग्रेसका लागि सुचि सच्याउने समय आज ५ बजेसम्म भएकाले पार्टीद्वारा प्रस्तावित अन्तिम सुचिको प्रतिक्षामा रहेको जानकारी गराउँदछु। जय नेपाल !!’

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूचीलाई अन्तिम रुप दिन आइतबार सम्मको समय रहेको छ ।