२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्घाखाँचीमा पोखरीमा डुबेर २७ बाँदर मरे



अ+ अ-

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेका अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् ।

सन्धिखर्क–९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर ती मरेको स्थानीय बलराम रायमाझीले बताउनुभयो । पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेपछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादर पनि सोही ठाउँमा डुबेर मरेको हुनसक्ने स्थानीयको आशङ्का छ ।

पोखरी जङ्गलको बीचमा रहेका कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको जनाइएको छ । जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दीपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीका रोहवरमा व्यवस्थापन गरिएको छ ।