२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार आरोप लागेका सन्दीप आज स्वदेश फर्किंदै



अ+ अ-

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् ।

लामिछाने कतार एयरवेजको उडानबाट बिहान १० बजे नेपाल आउन लागेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आज बिहान १० बजे कतार एयरवेजबाट विमानस्थल आइपु्ग्ने जानकारी गराएका छन् ।

सन्दीपले असोज १५ गते सामाजिक संजालमार्फत आफू २० गते(अक्टुबर ६)मा नेपाल आइपुग्ने जानकारी गराएका थिए । उनले नेपाल आएर झूटा आरोपविरुद्ध कानुनी लडाई लड्न आफूलाई अख्तियारमा पेश गर्ने सन्दीपले जनाएका छन् । उनले लेखेका थिए ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६, २०२२ मा मेरो गृह देश नेपाल आइपुग्छु र झूटा आरोप विरुद्ध कानुनी लडाई लड्न आफूलाई नेपालको अख्तियारमा पेश गर्नेछु । म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोहोर्‍याउँछु । सबै कानून निकायहरू र सम्मानित अदालतहरूको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दै म छिटो भन्दा छिटो न्याय पाउनेमा आशावादी छु ।’

१७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।