२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ क्षेत्र नं ७ इन्जिनियर प्रवेन्द्र पोखरेल (आकर्षण) ले दर्ता गराए उम्मेदवारी



अ+ अ-

काठमाडौँ । ‘परिवर्तन अपरिहार्य छ, पर्खिनु विकल्प होइन’ भन्दै काठमाडौँ क्षेत्र नं ७ मा इन्जिनियर प्रवेन्द्र पोखरेल (आकर्षण) ले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी घोषणा गर्दै पोखरेलले आफूसँग योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक रहेको बताउनुभयो । उहाँले भन्नुभये, “मेरो टिमले विगत पाँच वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा सुशासन तथा विकासमा अध्ययन, अवलोकन तथा अनुभव गरिरहेको छ।”

विद्यमान समस्याहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र ट्राफिक व्यवस्थापन, ढल तथा डुबान, पुल तथा खोलारखहरे व्यवस्थापनलगायतका समस्याको एउटा मार्गचित्र तयार गरेर समाधान खोज्ने उहाँको प्रतिबद्धता छ। उहाँले भन्नुभयो, “आमनागरिक र विषयविज्ञसँगको सहकार्यमा समाधान खोज्नेछौँ ।”