२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको भन्दा तेब्बर मतान्तरले विजयी बन्छौँः महेश बस्नेत



अ+ अ-

भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ ।

आईतवार भक्तपुरको प्रतिनिधि सभा २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो । बाजागाजासहित कार्यकर्ताको भीडलाई लिएर नेता बस्नेतले उम्मेदवारी दिनुभयो । अघिल्लो निर्वाचनमा पनि विजयी बन्नुभएका नेता बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धन बिरुद्ध प्रतिष्पर्धामा हुनुहुन्छ ।

उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता बस्नेतले राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज संसदमा मुखरित भएको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा विजयी बनेसँगै भक्तपुरमा औद्योगिकरणका साथै नयाँ शहर निर्माणको काम गर्ने र रोजगारी सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको बताउनु भयो । उहाँले ांस्कृतिक सम्पदाको पुनः निर्माण र निरन्तरता दिने उद्देश्य रहेको बताउनु भयो ।

नेता बस्नेतले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज मुखरित भयो । पहिला भएको थिएन भन्ने जनताको गुनासो छ । भक्तपुरलाई राष्ट्रिय राजनीतिमा मुखरित गराउनेछौँ । व्यापक औद्योगिकरण, नयाँ शहर निर्माण, धेरै रोजगारीको निर्माण गर्नेछौँ । सांस्कृतिक सम्पदाको पुनः निर्माण र निरन्तरता दिने हाम्रो उद्देश्य छ । हामीले भक्तपुरको विकासको निमित्त अधिकतम प्रयोग गर्ने हिसावले काम गर्नेछौँ । गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भएको छ । नेकपा एमाले भएन भने राष्ट्रिय राजनीति कमजोर हुन्छ । हामी यसपालिको निर्वाचनको हाम्रो प्रतिपक्षी प्रतिष्पर्धी काँग्रेस भन्दा तेब्बर भोटको अन्तरले जित्नेछौँ ।’

नेता बस्नेतले गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भइरहेको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा प्रतिपक्षी काँग्रेसको भन्दा तेब्बर मतान्तरले आफू विजयी बन्ने दाबी गर्नुभयो ।