२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमा सुधार नभएपछि सत्यमोहन जोशीलाई आईसीयूमा सारियो



फाइल फोटो
अ+ अ-

काठमाडौं । सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयूमा सारिएको छ । जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयूमा राखेर उपचार थालिएको किष्ट मेडिकल कलेजले जानकारी दिएको हो ।

निरन्तर कमजोर महसुस हुने, खानामा अरुचि हुने जस्ता समस्या देखिएपछि उहाँलाई असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । उपचारको क्रममा रगत परीक्षण गर्दा उहाँलाई डेंगु संक्रमण पुष्टि भएको थियो । १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ ।

१७ दिनको अस्पताल बसाइको क्रममा शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछिल्ला तीन/चार दिनदेखि उहाँमा खानामा रुचि नभएको र बोल्न पनि नसक्ने अवस्थामा रहेको किष्ट मेडिकल कलेजले स्वास्थ्य बुलेटिनमा उल्लेख गरेको छ ।

जोशीलाई युरिन इन्फेक्सन र छातीमा निमोनिया पनि देखिएको र डेंगु संक्रमणले निकै गलाएको किष्ट मेडिकल कलेजले बताएको छ ।किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

शताब्दी पुरूष डा.सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुग्नु भएका त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले सामाजिक संञ्जालमा लेख्नुभएको छ- 

शताब्दी पुरुष सत्यमोहन जोशीका जेठा छोरा अणुराज जोशी एक्लै धुमधुमती बसिरहनु भएको थियो । किस्ट मेडिकल अस्पतालको ७३२ नम्बरको डिलक्श (क्याविन)पनि हामी पुग्दा चकमन्न थियो । शताब्दी पुरूषको आइसियुमा उपचार भइरहेकाले हामीलाई त्यहाँ जान अनुमति थिएन ।

हामी नइले अणुराज दाइलाई सम्झाइरह्यौँ । उहाँले भन्नुभयो- ‘आमालाई पो के भनौँ ? अहिलेसम्म बुबाको हालतको सबै कुरा मैले आमालाई भन्न सकेको छैन । बुबाको अहिलेको स्थिति थाहा पाउनु भयो भने उहाँ मुर्छा पर्नुहोला भन्ने मलाई पीर भयो । मेरी आमा पनि ९९ वर्षकी हुनुभयो नि !
फेरि अणुराज दाइ बोल्नुभयो- ‘बुबाले मलाई भन्नुभयो, ‘मेरो शरीर विद्यार्थीलाई बुझाएर तँ घर जा छोरा ! यहाँ तेरो काम छैन ।

स्मरणरहोस्- शताब्दी पुरूष डा.सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले मरोणपरान्त आफ्नो शरीर किस्ट मेडिकल कलेजलाई दान दिनुभएको छ ।

अणुराज दाइलाई सम्झाउदैँ गरेको क्षणमा मेरी गुरूदेवीले हामीलाई उभ्याएर फोटो खिचिदिइन् । अनि ‘बुबालाई सारोगारो भएमा हामीलाई कलगर्नु है दाइ !’ भनेर हामी अस्पतालबाट निस्क्यौँ ।




भर्खरै