२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोनयनमा परेका उम्मेदवारहरुको उजुरी छानवीन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट हुने



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकाहरुको उजुरीमाथिको छानबीन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउने स्पष्ट पारेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार दिएकाहरुको उजुरीको छानवीन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नै टुंगो लगाउनेगरी आवश्यक व्यवस्था मिलाइएको बताउनु भएको हो ।

हिजो असोज २३ गते सो निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरिएको थियो भने आज अपरान्ह ३ बजेसम्म त्यसमाथिको दावीविरोध र उजुरीको समय तोकिएको थियो । सोमबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै आयोगका प्रवक्ता पौडेलले कर्णाली प्रदेशका केही जिल्लाहरुबाट विद्युत र टेलिफोन दुवै अवरुद्ध भएकाले त्यहाँ मनोनयन भएका उम्मेदवारहरुको डाटा भने आउन बाँकि रहेको जानकारी समेत दिनु भयो ।

उहाँले भन्नु भयो, ‘जिल्लामा हिजो मनोनयन दाखिला भयो । अव मनोनयन दाखिलाको काम टुंगिएको छ । त्यसको डाटाहरु पनि प्राप्त भएको छ । अव कर्णालीका जिल्लाहरुमा अझै पनि इन्टरनेट र टेलिफोन अवरुद्ध भईराखेको हुनाले त्यहाँको चाँही सिष्टममा पोष्टिङ हुन सकेको छैन । नभए अरु सबैतिरको आईसकेको छ । र, आज ३ बजेसम्म दावी, विरोधी र उजुरी गर्ने कार्यक्रम थियो ।

यो सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमै हुन्छ । र, सम्बन्धित निर्वाचन अधिकृतले नै यो टुंगो लगाउनु पर्छ । कुनै गाह्रो, अप्ठ्यारो केही इस्यू आयो छलफल गर्नुपर्ने विषय भयो भने आयोगसँग उहाँहरुले सम्पर्क गर्न सक्नु हुन्छ । नभए यो उहाँहरु आफैंले यो काम गर्नु हुन्छ ।’

आयोगले उम्मेदवारीहरुमाथि परेको उजुरी पुष्टि हुने प्रमाण भेटिए उनीहरुको उम्मेदवारी स्वतह रद्ध हुने पनि बताएको छ । आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।