२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा सदस्य पदबाट खिमलाल भट्टराईको राजीनामा स्वीकृत



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता खिमलाल भट्टराईले राष्ट्रिय सभा सदस्य पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

भट्टराईको राजीनामा स्वीकृत भएको र उनको पद खाली भएको संसद् सचिवालयले मंगलवार सूचना प्रकाशित गरेको छ । भट्टराई राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता थिए ।

भट्टराईले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका थिए । यद्यपि, उनको उम्मेदवारी पार्टीको तर्फबाट कायम हुन भने सकेन । उनले रुपन्देही ५ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका थिए ।

सोही क्षेत्रबाट एमालेका तर्फबाट बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका थिए । रुपन्देही ५ मा एमालेका दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन आयोगले बासुदेव घिमिरेलाई एमालेको आधिकारिक उम्मेदवारको मान्यता दिएको थियो ।

यो पनि पढ्नुहोस्ः रुपन्देही ५ मा एमाले उम्मेदवार घिमिरेलाई आधिकारिकता, खिमलालको सांसद् पद पनि गुम्यो