२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार



file
अ+ अ-

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ ।

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्प्तालमा उपचारत रहनुभएका जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

“मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र उहाँले सामान्य प्रतिक्रिया देखाउनुभएको छ”, विज्ञप्तिमा भनिएको छ । जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण नियन्त्रणका लागि एन्टिवायोटिक्स् कोर्स जारी राखिएको बताइएको छ ।

स्वास्थ्यमा समस्या आएपछि १८ दिनदेखि उहाँको अस्पतालमा राखेर उपचार गरिएको छ । उहाँको अहिले सघन उपचार कक्षमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।