२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले गर्यो बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष पार्टीबाट निष्कासन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारहरुविरुद्ध बागी उम्मेदवारी दिनेहरुलाई ५ वर्षसम्म पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारी जारी विज्ञप्तिमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उठेका गठबन्धनका उम्मेदवारविरुद्ध बागी बनेका र तिनका प्रस्तावक र समर्थकसमेतलाई कारबाही गरिएको जनाइएको हो ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ (१) घ उल्लंघन गरेको भन्दै धारा ३४ (४) (क) अनुसार पार्टीको सदस्यसमेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिएको विज्ञप्तीमा जनाइएको छ ।