२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुद: हक्की आजदेखि, खेल मैदान स्तरीय नभएको गुनासो



अ+ अ-

पोखरा । नवौँँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ ।

पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ । हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर खेल मैदान व्यवस्थापन गर्नेलगायत काम सम्पन्न भएएको नेपाल हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिनुभयो ।

गए राति अबेरसम्म मैदानको घाँस काटिएको थियो । उहाँले हतार हतारमा व्यवस्थापन गरिएका यस्ता पूर्वाधारका कारण खेलाडीलाई चोटपटकको चुनौती रहेकोे गुनासो गर्नुभयो । समयमा खेल मैदान व्यवस्थापनतर्फ सम्बन्धित निकायले ध्यान नदिँदा समस्या भएको उल्लेख गर्दै खड्काले स्थानीय निकाय, खेल व्यवस्थापकलगायत सम्बन्धित निकायबीच समन्वय नभएको बताउनुभयो ।

भौतिक पूर्वाधार पर्याप्त नहुँदा हक्की प्रतियोगिता प्रदेश बाहिर लैजाँदा राम्रो सन्देश नजाने भएकाले चुनौतीका बाबजुद पनि कास्कीमै गराउन लागेको खड्काको भनाइ छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले छोटो समयमा सबै खेलको भौतिक पूर्वाधार निर्माण गर्दा कुनैकुनै प्रतियोगिता अभाव र चुनौतीका बाबजुद सञ्चालन गर्न लागिएको स्वीकार गर्नुभयो ।

हक्कीमा पुरुषतर्फ नौ तथा महिलातर्फ सात टोलीले प्रतिस्पर्धा गर्दै छन् । नवौँ राष्ट्रिय प्रतियोगिताको यही असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम भए पनि प्रतियोगिताअन्तर्गतका केही खेल भने सुरु भइसकेका छन् । रासस




भर्खरै