२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘हिजो आजका कुरा’को प्रिमियर शोमा कसले के भने ?(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र हिजो आजका कुराको प्रिमियर शो भएको छ ।

बुधवार एक कार्यक्रमबीच काठमाडौंमा चलचित्रको प्रिमियर शो गरिएको हो । प्रिमियर शोमा विभिन्न कलाकारहरुको उपस्थिति थियो । प्रिमियर शोपछि बोल्दै वरिष्ठ कलाकार किरण केसीले हिजो आजका कुरा दिमागबाट निस्किएको उपज भएको बताउनु भयो । उहाँले चलचित्रको विषयवस्तु सशक्त लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो आजका कुरा दिमागबाट निस्किएको उपज हो । सारा परिवारलाई लिएर सानो प्वाइन्टमा दर्शकहरुको मनमा बस्न सफल छ । यो फिल्म शतप्रतिशत राम्रो छ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको बाहेक नखेल्ने घमण्डका कारण मैले खेलिन हिजो आजका कुरा । विषयवस्तु सशक्त लाग्यो । विदेशमा बसेका छोराबुहारीरुहको विषयवस्तु उठाइएको छ ।’

त्यस्तै अभिनेत्री केकी अधिकारीले चलचित्र कस्तो छ भन्ने कौतुहलता रहेपनि प्रिमियर शोपछि राम्रो लागेको बताउनु भयो । उहाँले इतिहास सरहको चलचित्रमा सानो रोल गर्न पाउँदा आफूलाई खुशी लागेको बताउनु भयो । त्यस्तै कलाकार जितु नेपालले फिल्मले अहिलेको कथावस्तुलाई पर्दामा उतारेको भन्दै प्रशंसा गर्नुभयो ।

अभिनेता दीपकराज गिरीले हिजो आजका कुराबाट नै रंगकर्मी बन्ने अवसर पाएको भन्दै हिजो आजका कुरा फिल्म बनेर आउँदा खुशी लागेको बताउनु भयो । त्यस्तै कलाकार केदार घिमिरेले चलचित्रले समसामयिक कुरा उठाएको भन्दै प्रशंसा गर्नुभयो । त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले फिल्म एकदमै राम्रो बनेको र सबै चलचित्र हेर्न जाने दर्शकले आनन्द लिएर फर्किनेमा विश्वस्त रहेको बताउनु भयो । त्यस्तै वरिष्ठ कलाकार सन्तोष पन्तले चलचित्र कस्तो छ भन्ने कुराअब दर्शकहरुले भन्ने बेला आएको बताउनु भयो ।

त्यस्तै निर्देशक साकार पन्तले हिजो आजका कुराले दर्शकलाई निराश नबनाउने दाबी गर्नुभयो । अभिनेत्री ऋचा शर्माले सिनेमा बनाएपछि चल्छ भन्ने आश सबैलाई हुने भएपनि यो सिनेमा एउटा इतिहास भएको बताउनु भयो ।

नेपाली फिल्म हिजो आजका कुरा शुक्रवार (भोलि) बाट देशभर प्रदर्शनमा आउँदैछ । पन्त फिल्म प्रोडक्शनको प्रश्तुति रहेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, दिव्यदेव पन्त, साकार पन्त, जेविका कार्की, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय छ ।

रवि सायमीको छायांकन रहेको फिल्मलाई विनय कंसाकारले सम्पादन गरेका छन् । झन्डै डेढ दशक नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भएको ‘हिजो आजका कुरा’ लोकप्रिय टेलिसिरियलमा गनिन्छ । सोही नाम सापटी लिएर अहिले फिल्म निर्माण भएको हो ।