२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्राइडे रिलिजः हलमा पाँच नयाँ फिल्म लाग्दै



अ+ अ-

काठमाडौँ । आज शुक्रबारदेखि नेपाली तथा विदेशी पाँचवटा नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘हिजो आजका कुरा’, जापानी एनिमेसन फिल्म ‘वान पिसः रेड’, हिन्दी फिल्म ‘डक्टर जि’, तेलुगु फिल्म ‘गडफादर’ र कन्नड फिल्म ‘कांतारा’ एकसाथ प्रदर्शनमा आएका हुन् ।

फिल्म ‘हिजो आजका कुरा’लाई साकार पन्तले निर्देशन गरेका छन् । कमेडी ड्रामा जनरामा बनेको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ ।

एक्सन एडभेन्चर जनरामा बनेको जापानी एनिमेसन फिल्म वान पिसः रेडले सबैभन्दा बढी शो पाएको छ ।

यस्तै, दुई हप्ताअघि कन्नड भाषामा प्रदर्शन भएको ‘कांतारा’लाई दर्शकले निकै राम्रो प्रतिक्रिया दिएपछि र फिल्मले सानदार कमाई गरेपछि हिन्दीसहित तमिल र तेलुगु भाषामा डब भएर शुक्रबारदेखि फिल्म प्रदर्शनमा आएको हो । फिल्ममा ऋषभ शेट्टीको लेखन, निर्देशन तथा मुख्य भूमिका रहेको छ ।

अनुभुती कश्यपको निर्देशन तथा आयुष्मान खुराना र रकुल प्रित सिंह स्टारर कमेडी ड्रामा ‘डक्टर जि’ पनि आजबाटै प्रदर्शनमा आएको छ । यस्तै, मोहन राजाको निर्देशनमा बनेको एक्सन क्राइम ड्रामा ‘गड फादर’ पनि प्रदर्शनमा आएको छ । फिल्ममा चिरनञ्जिवी, नयनतारा र सलमान खानलगायतको अभिनय रहेको छ ।