२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शताब्दी पुरुष जोशीको शरीर नजलाइने, अध्ययनका लागि राखिने



अ+ अ-

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाई अध्ययनका लागि राखिने भएको छ ।

किष्ट मेडिकल कलेजमा उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर अध्ययनका लागि राखिने अस्पतालले जानकारी दिएको छ ।

जोशीले मरणोपरान्त आफ्नो मृत शरीर किस्ट मेडिकल कलेज शिक्षण अस्पताललाई दान दिने सार्वजनिक घोषणा गरिसकेका थिए ।

जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिकाको प्रांगणमा राखि राष्ट्रिय सम्मान दिएपछि पार्थिव शरीर पुन: किस्ट अस्पतालमा अध्ययनका लागि राखिने भएको छ ।

किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो । उनको किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो ।