२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका विद्रोही उम्मेदवारले कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय गर्ने पाउने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट विद्रोही उम्मेदवार बनेकालाई आगामी कात्तिक ४ गतेसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न पाउने व्यवस्था गरेको छ ।

कांग्रेसले एक विज्ञप्तिमार्फत कात्तिक ४ गतेभित्र सार्वजनिकरूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकउपरको कारबाही पार्टीले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने जानकारी गराएको हो ।

त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्णरूपमा सक्रिय रहने प्रतिबद्धतासहित सार्वजनिकरूपमा वक्तव्य प्रकाशित गर्नुपर्नेछ ।

यसअघि कांग्रेसले निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका कांग्रेसका र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिई यही असोज २६ गतेभित्र उम्मेदवारी फिर्ता नलिएकालाई पार्टीको सदस्यतासमेत नरहने गरी पाँच वर्षका लागि निष्काशन गरेको थियो । साथै त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई समेत कांग्रेसको विधानबमोजिम निष्काशन गरिएको थियो ।