१४ असार २०८३, आईतवार
,
Latest
प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरुण दल धादिङका उपसभापति राधे भण्डारी पक्राउ



file
अ+ अ-

काठमाडौँ । तरुण दल धादिङका उपसभापति राधाकृष्ण भण्डारी उर्फ ‘राधे’ धादिङबेँसीबाट पक्राउ परेका छन् ।

गुण्डागर्दी र अपराधकर्ममा संलग्न रहेको आरोपमा प्रहरीको निगरानीमा रहँदै आएका राधेलाई धादिङको बीच बजारमा बुधबार दिउँसो भीम गुरुङमाथि तरबार हमला गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राधे समूहले मंगलबार दिउँसो धादिङ्बेँसीको बीचबजारमा तरबारले गुरुङमाथि हमला गरेको हो । धादिङबेँसी सिरानबजारका बासिन्दा रहेका घाइते गुरुङको जिल्ला अस्पतालमा उपचार हुँदैछ । उनी पनि कांग्रेस समर्थक हुन् । राधेले गुरुङमाथि किन तरबार प्रहार गरे भन्नेबारे खुल्नमा आएको छैन ।

प्रहरीले यसअघि पनि राधेलाई नक्कली नोट, लागुऔषध र हातहतियारसहित पटक–पटक पक्राउ गरेको थियो ।