३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समयावधी यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको छ ।

माओवादीले बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म फिर्ता लिन भनेको थियो । आज पुनः अर्को विज्ञप्तिमार्फत थप समय दिई उम्मेदवारी फिर्ता लिन वा निष्क्रिय बनाउन भनेको हो । सो समयभित्र निर्णय गरेमा पार्टीका तर्फबाट कारबाही नहुनेसमेत स्पष्ट पारेको छ ।

यसअघि माओवादीले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई पार्टीबाट निष्कासन गरी कारबाही गर्ने चेतावनी दिएको थियो । माओवादीले बागी उम्मेदवारी दिएकालाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको छ ।