२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरुण धवन स्टारर ‘भेडिया’को ट्रेलर सार्वजनिक (भिडियोसहित)



अ+ अ-

एजेन्सी । बलिउड स्टार वरुण धवन र कृति सेनन अभिनित फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक भएको छ । अमर कौशिक निर्देशित यो चलचित्रको ट्रेलरलाई फ्यानहरुले तारिफ गरिरहेका छन् । फिल्ममा वरुण धवन भेडिया (ब्वाँसो) बनेको देख्न सकिन्छ ।

यस डरलाग्दो कमेडी फिल्ममा वरुण धवनले ब्वाँसोको रूपमा मानिसहरूलाई डराउँदै आएका छन् भने कृति सेननले यस फिल्ममा डा अनिकाको भूमिका निर्वाह गरेकी छिन् ।

ट्रेलर घना जंगलबाट सुरु हुन्छ, जसमा डरलाग्दो ब्वाँसो पनि देखाइएको छ, ट्रेलरमा हास्यास्पद संवाद र कमेडी छ । फिल्मको ट्रेलर रिलिज भएसँगै दर्शकको उत्साह निकै बढेको छ । यो फिल्म नोभेम्बर २५ मा सिनेमाघरहरूमा रिलिज हुनेछ ।