९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिएले गरेको जग्गा खरिद र कर्मचारी नियुक्तीलगायत राजपत्र बदर गर्न माग गर्दै रिट



अ+ अ-

काठमाडौँ। एमसीएले एमसीसीका लागि गरेको जग्गा खरिदलगायतका कार्य रोक्न सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

एमसीसीका लागि एमसिए नेपालमार्फत नेपालको राष्ट्रिय स्वाधीनता विरुद्ध प्रयोग गर्ने उद्देश्यले नेपालको नुवाकोट जिल्लाको बेलकोटगढी वडा नं–७ रातमाटेमा ३९८ रोपनी जमीन खरिद गरेकोमा सोलगायत एमसीए नेपालले गरेका कर्मचारी नियुक्तीसमेतका कार्यहरु बदरका लागि अन्तरिम आदेशसमेत माग गर्दै रीट पेश गरिएको हो । 

साथै रीटमा एमसीए नेपाललाई वैधानिकता दिने गरी प्रकाशित नेपाल राजपत्रको खण्ड ६८ संख्या २ मिति २०७५ वैशाख ५ गते मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (गठन) आदेश, २०७४  खारेज गर्न माग गरिएको छ । 

रिट निवेदनमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल), दोस्रो तथा तेस्रो तल्ला याक एण्ड यति परिसर, दरबार मार्ग, काठमाडौँसमेतलाई विपक्षी बनाइएको छ । 

एमसिएविरुद्ध गत वर्ष नै रीट लिएर सर्वोच्च गएकोमा अझै दर्ता नगरी राखिएकोमा फेरि एमसिए नेपाललाई एमसीसी अगावै राजपत्रमा षड्यन्त्रपूर्वक प्रकाशित गरी राज्यको बजेट दुरुपयोग गरिएको र घुमाउरो तरिकाले एमसीसी लागू गर्न खोजिएकोले अर्को रिट पुनः दायर गर्नुपरेको अधिवक्ता स्वागत नेपालले जानकारी दिनुभयो ।