२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसी र एम्बाप्पे चम्किँदा गोलमा पिएसजीको जित



अ+ अ-

एजेन्सी । फ्रान्सेली फुटबल लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जित निकालेको छ ।

खशुक्रबार राति भएको खेलमा शीर्षस्थानको पिएसजीले एसी एजासियोलाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले दुई तथा लियोनल मेसीले एक गोल गरे । मेसीले दुई असिस्ट गर्दा एमबाप्पेले एक असिस्ट दिलाए ।

खेलको २४औं मिनेटमा एम्बाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो ।

७८औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै, ८२ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई ३–० को सहज जित दिलाए ।

जितसँगै अपराजित रहेको पिएसजी १२ खेलबाट ३२ अंकसहित शीर्ष स्थानमा रहेको छ । पराजित एजासियो ८ अंक जोडेर १८औं स्थानमा छ ।