२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् संसारकै महँगा कुकुर



अ+ अ-

यमपञ्चकको दोस्रो दिन ‘कुकुर तिहार’ । मानव सभ्यताको हरेक प्राचीन खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवका रुपमा कुकुरलाई लिइन्छ । त्यसैले आजको दिन कुकुरको पूजा गरिन्छ ।

मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक बफादार रहेको कुकुरलाई वैदिक सनातन धर्ममा पनि विशेष महत्व दिइएको छ । वैदिक सनातन हिन्दू परम्पराअनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ ।

ऋगवेदमा स्पष्टरूपमा ‘समरा’को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुरबिना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ ।

कुकुरलाई मानिसको सबैभन्दा असल साथीका रुपमा मानिन्छ । तर कहिलेकाहीँ यी साथीहरुका लागि अत्यन्त पैसा तिर्नुपर्छ । यी कुकुरहरुको दुर्लभता र नश्लको शुद्धताले यिनीहरुलाई अत्यन्त महँगो बनाइदिएको छ ।

यी हुन् संसारकै महँगा कुकुर

१. तिब्बती मस्टिफ

यो कुकुर तिब्बत, चीन, नेपाल, लद्दाख र मध्य एशियामा पाइन्छ। यसको मूल्य पाँच हजारदेखि नौ हजार डलरसम्म पर्दछ ।

२. क्यानेडियन एस्किमो कुकुर

यसलाई उत्तरी अमेरिकामा सबैभन्दा पुरानो र सबैभन्दा लोपोन्मुख घरेलु जनावरहरू मध्ये एक मानिन्छ। यसको मूल्य छ हजार डलर छ ।

३. समयेड

रुस र साइबेरिया मूलको यो कुकुरको मूल्य ६,५०० देखि १२,००० डलरसम्म पर्छ।

४. चाउ चाउ

चाउ चाउ १०औँ सबैभन्दा महँगो कुकुर हो र यसको मूल्य तीन हजार देखि नौ हजार डलर रहेको छ ।

५. अकिता

जापानी नश्लको अकिता संसारको आठौँ सबैभन्दा महँगो कुकुर हो। यसको तीन हजार ५०० डलर रहेको छ ।

६. रोटविलर

जर्मन जातको रोटविलर संसारको दोस्रो महँगो कुकुर हो। यसको मूल्य सात हजार डलरबाट सुरु हुन्छ

७. जर्मन शेफर्ड

जर्मन शेफर्ड संसारको चौथो सबैभन्दा महँगो कुकुर हो। यसको मूल्य छ हजार ५०० डलरबाट सुरु हुन्छ

८. लाभचेन

यसलाई सानो सिंह कुकुर र खेलौना कुकुर पनि भनिन्छ। यो फ्रान्स, स्पेन, नेदरल्याण्ड्स र जर्मनी मा पाइन्छ। यसको मूल्य सात हजार डलरबाट सुरु हुन्छ।

९. चिनियाँ क्रेस्टेड हेयरलेस

यो कपाल नभएको कुकुर हो। नश्ल चिनियाँ हो। यसको मूल्य पाँच हजार डलर रहेको छ।

१०. फारो हाउन्ड

यो माल्टा जातको कुकुरको मूल्य तीन हजारदेखि सात हजार डलरसम्म रहेको छ ।

एजेन्सी